लुम्बिनी प्रदेश, शिक्षा

जाडो बढेपछि बुटवलमा ३ दिन विद्यालय बिदा

नवलपुर टुडे
२०८० माघ ६ | मध्यान्ह ०५:१० बजे
फाइल तस्बिर

बुटवल,माघ ६ । जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले एक सूचना जारी गरी उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्।

उपमहानगरपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण बुटवलको जनजीवन प्रभावित भएको छ ।

butwal pQ4niiSOAZ

 
 

कमेन्टहरु