सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटा मगरको नेतृत्वले रौतहटमा हुण्डी कारोबारी पक्राउ

अशोक यादव
२०८० माघ ६ | मध्यान्ह ०५:१० बजे

रौतहट, माघ ६ । रौतहटमा अबैध हुण्डी कारोबार गरेको आशंकमा करिब ६ लाख रुपियाँसहित एक जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटा मगर नेतृत्वको टोलीले शनिवार पाँच लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका- ८ का दिनेश प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।
सीमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गईरहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल पाँच लाख ९४ हजार रुपैयाँसहित कुशवाहा पक्राउ गरिएको भएको पाटा मगरले बताए ।
बरामद रुपैया, मोटरसाईकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटले जानकारी दिएको छ।























