मधेश प्रदेश

राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा राैतहटका अधिकांश पालिकामा मांशहारी भोजनमा रोक

अशोक यादव
२०८० माघ ४ | मध्यान्ह ०४:१० बजे

रौतहट । राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा राैतहट जिल्लाका अधिकांस ठाउँमा सार्वजनिक अठजाम तथा लखराउ पुजाकाे आयाेजना भईरहेका छन। यसै गरी गौर नगरपालिका भरिका मांशहारी होटेल, भट्टी बन्द गराउन मेयर शम्भु प्रसाद साहले एक सुचना पत्र जारी गरि सबैमा सहयोग गर्न आग्रहसमेत गरेका छन ।

यहि माघ ८ गते सोमबारका दिन मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा गौर लगायतका वरिपरिका सबै गाउँमा हिन्दु भगतजनमा पुजा अराधना गर्नका लागि उतसाहित भएका देखिएका छन । नगरपालिकाका नगर प्रमुख साहले एक सूचना निकाली नगरपालिकाको क्षेत्र भित्र कुनै पनि पशुपंक्षी, जिवजन्तु आदिको बध, मदिरा, माछामासुको विक्री/वितरणमा रोक्न समेत लगाएका छन ।

यसै गरी जिल्लामा रहेका पराेहा नगरपालिकाले आफ्नो नगर भित्र साेही दिनका लागि माछा, मासु लगायत मांशहारी भोजनमा राेक लगायत छन ।

photo 2024 01 18 16 29 54 photo 2024 01 18 16 30 03

कमेन्टहरु