मधेश प्रदेश, शिक्षा

चमार र मुसहर बस्तिका बालबालिकालाई निशुल्क शिक्षा फैलाउने अधिकारकर्मी ओम प्रकाश

अशोक यादव
२०८० माघ ३ | मध्यान्ह ०८:१० बजे

रौतहट । रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिका- ११ राँगी मुसहर टोलका रामसोगारथ महराको जेठो सन्तानका रुपमा जन्मनु भएका ओम प्रकाश रामले सोही बस्तीका चमार र मुसहर समुदायका बालबालिकालाई निशुल्क ट्युशन पढाएर उदाहरणीय काम गरेका छन ।

शिक्षाबाट बन्चित भएका चमार र मुसहर बस्तिका बालबालिकाहरुलाई निशुल्क ट्युशन पढाउने ओम प्रकाश आफ्नो जीवनको कामको थालनीको क्रममा अधिकारको क्षेत्रबाट नै सुरु गरेको हो । उनले काम गर्ने क्रममा भूमि अधिकार/मानव अधिकार/बाल संरक्षण तथा बालविवाह न्यूनिकरणको क्षेत्रमा काम गर्दै आएका आईरहेका छन ।काम गर्ने क्रममा विशेष गरी शिक्षाको कमी गरिबी तथा विपन्ता परिवारका बालबालिकामै देखिएको अनुभुती उनीसंग ताजा छ ।

चमार र मुसहर बस्तिका कतिपय बालबालिकाहरु पढाई छोडेर बालश्रमको जोखिममा परेको, कपी पेन र कपडा जोडन नसक्दा पढाई छोडने बाध्यता रहेको अनुभव मात्र नभैइ भोगाईले गर्दा उनको मन भतभती पोल्न थालेको सुनाउछन ।

ती अवस्था हेर्दा एक दिन रात भरी सुत्नसमेत नसकेको आज जस्तै लाग्ने बताए । बस्तिका चमार र मुसहर बालबालिकाको भबिश्य यहि हालतमा गयो भने के होला भन्ने गम्भीर चिन्ता उनीमा बढ्न थाल्यो । उनले साथीहरु संग बसेर खाजामा खर्च गर्ने पैसाबाट केही बचत गर्न सकियो भने आफ्नै टोलका गरिब बालबलिकाहरुको लागि केहि राहत मिल्छ कि भन्ने सोचे, अनि केही राहत स्वरुप डटपेन र स्टेशनरी बाँडेर सहयोग गरे ।

त्यति मात्र नभई उनलाई बस्तीका बालबालिकाहरुले निशुल्क ट्यूसन पढाई दिनु भनेर अनुरोध गरे । यी कुराले झन उनको मनलाई छोयो । किन भने त्यस समुहमा नौ कक्षा पढदा पढ्दै विद्यालय छोडेका किशोरीहरु पनि रहेका थिए । जुन कि तिनिहरुले फेरी पनि विद्यालय जाने र पढाई सुरु गर्ने पनि ईच्छा देखायो । झन उनको मन बालबालिकाहरुको भबिश्य शिक्षामै देखिएकाले उनले निशुल्क ट्यूसन पठाउने निधो गरेको बताए ।

त्यसपछि २०८०/०८/१ गतेदेखि निशुल्क ट्युशन पढाउन शुरु गरेको बताए । हाल उनले ३० जना बालबालिकाहरुलाई निशुल्क पढाईरहेका छन । उनले निशुल्क ट्युसन संचालन गर्नुका मुख्य उद्देश्य विद्यालयमा निरन्तरता तथा अति विपन्न दलित समुदायका बालबालिकाहरुलाई शिक्षामा पहुँच तथा शैक्षिक अभियानको प्रयास भएको सुनाए । किन भने सफल असफल आफ्नो ठाँउमा छ । तर ठुलो परिवर्तनको सपना भन्दा सानो प्रयासले केही बदलावको सम्भवना हुने रहेछ भन्ने उनको अनुभव तथा सिकाई हो ।

कमेन्टहरु