मौलापुर नगर भित्रका विद्यालयको शैक्षिक सुधारमा आबश्यक: उपमेयर यादव


अशोक यादव
रौतहट । शैक्षिक सुधार तथा शिक्षा गुणस्तर बनाउनको लागि मौलापुर नगरपालिकाको उपमेयर नगेन्द्र यादव र शिक्षा संयोजक राम एकावल यादवकाे अनुगमनमा आज माैलापुर नगरपालिका भित्र रहेका सबै सस्थागत तथा समुदायिक विद्यालयलाई अझै थप प्रभाकारी बनाउन नगरपालिकाबाट पुर्णरूपमा सहयाेग र आबश्यक शाैक्षिक सामग्री उपलब्ध गराउने सल्लाह सुझाव दिएका छन।
आज बुधबार रिलायन्स ईङलिस बोर्डिङ स्कुलको पाङ्गनमा सुझाव तथा छलफल कार्यक्रममा राखेका बिषयमा उपमेयर यादबले सुझाव दिएका विद्यालयका शैक्षिक सुधार गर्नु पर्ने सुझाब दिएका हुन । शिक्षालाई प्रत्येक सघंसस्थाले पहिलो प्राथमिकताकाे रूपमा लिएकाे समेत बताए । यस नगरपालिकालाई राैतहटका १८ वटा स्थानीय तहबाट बेग्लै शिक्षाको रूपमा चिनाउने प्रतिबद्धतासमेत उनले गरे ।
सो कार्यक्रममा नगरपालिका भरीका हजारौं बालबालिका, शिक्षक शिक्षिका र युवाहरूको सहभागीता रहेको सो विद्यालयका संस्थापक रामलखन पटेलले जानकारी दिए ।























