स्वाभिमान दिवस केका लागि मनाउदै छ्न: आजपा महा सचिव: शाह


अशोक यादव
रौतहट । प्रभुसाह निकट आम जनता पार्टीका केन्द्रीय महासचिव उपेन्द्र साहले आज बुधबार एक कार्यक्रमका बिचमा कस्तो मधेश स्वाभिमान दिवस हाे ? मधेसीकाे नाममा मधेशी दलका नेता तथा कर्याकर्ताहरूले आफ्नो निजि काम गरेका छन । त्यती मात्र नभएर नातेदारलाई नाेकरी कार्यालय सहयाेगी, डाईबर र शिक्षक समेतमा जागिर लगाएका छन ।
गरिब र दलित युवायुवतीलाई बिभिन्न प्रलोभन दिई आन्दोलन गराएका थियो र सहिद बनाएका छन । यति मात्र नभएर अहिलेसम्म मधेस आन्दोलनमा मृत्यु भएकालाई सहिद घाेषणा पनि गर्न सकेका छैन । कतिलाई घाेषणा गरे पनि मधेशीहरूलाइ सेवा सुबिधाबाट बन्चित गराएका छन । माधव नारायण नगरपालिकास्थित मिठुवा गाउँमा माघ ११ गते मधेश प्रदेश बन्द गर्ने बारे छलफल तथा पार्टीको बिस्तारित बैठकमा बताए ।
मधेशका भ्रष्टाचार गद्दारहरुको कस्तो स्वभिमान दिवस हो । मधेशलाई ८ जिल्लामा सिमित गरी अधिकार विहीन प्रदेश बनाउने, कांग्रेस एमालेको काँधमा सरकार चलाउने, कुर्सीका लागी मधेशलाई बेचेर अपमानित गर्ने कथित मधेशका गद्दार मठाधीश मसीहाहरुले आज कुन धरातल र नैतिकतामा स्वभिमान दिवस मनाउदै छन् सो पार्टीका बैठकमा भने ।
साे कार्यक्रम मा १५० जना कार्यकर्ता तथा युवाहरू सहभागी रहे का थियो ।























