मधेश प्रदेश

राैतहटका साना सबारीमा बारा प्रहरीद्वारा आउजाउमा रोक

जगत ठाडा मगर
२०८० माघ ३ | बिहान ११:१० बजे
फाइल तस्बिर

अशाेक यादब
रौतहट, माघ ३ । मधेश प्रदेश अन्तर्गत झण्डै एक वर्ष पछि बारासंग जोडिएको साना नाकाहरुबाट चार पांग्रे सवारी साधन चल्ने सहमती भएपनि रौतहट जिल्लाको सानानाकामा सवारी साधन बञ्चित हुँदा स्थानीयले सास्ती ब्यहोर्दै आएका छन ।

कोरोना पछि मधेश प्रदेशसंग जोडिएको सम्पूर्ण नाकाबाट सहजरुपमा गाडी आउजाउ गर्दै आएकोमा पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले मधेश प्रदेशसंग जोडिएको साना नाकाहरुबाट चारपांग्रे सवारी साधन आवात जावतमा रोक लगाएको थियो।  

भारतको राजधानी दिल्लीस्थित चार दिनअघि भारतीय सुरक्षाकर्मी एसाएसबीको प्रधान कार्यालयको निर्णय अनुसार बारासंग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमती दिएको छ । तर, रौतहटको सदरमुकाम गौर बाहेक सीमा संग जोडिएको कुनै पनि सानानाकाबाट गाडी आवत जावतको लागी हालसम्म अनुमती दिइएको छैन।

बाराको कचोर्वा हुँदै भारतको झरोखर – घोडासन, बाराको मटिअर्वा सन्तगन्ज, महुअवा कटगेनवा अदापुर नाकाबाट गाडि आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एसपी कान्तेश मिश्राले बताएका छन। एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवत जावत बारे हालसम्म निर्णय हुन नसकेपनि त्यसबारे छलफल भईरहेको जानकारी दिएका छन। 

रौतहटका सिडियो हिरालाल रेग्मीले रौतहटको साना नाकाबाट गाडी चल्ने निर्णय बारे आफूलाई जानकारी नभएको र यस बारे भारतीय समकक्षी संगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिवद्धता जनाएका छन।

नेपाल र भारत बीच सदियौं देखि रोटी बेटीको सम्बन्ध रहिआएको छ। जिल्लाको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ। रौतहटस्थित २८ किलोमिटर लामो भारतीय सिमाना संग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहेका छन।

घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजारबाट नै ल्याउने गर्दछन्। जिल्ला सदरमुकाम गौर २०/३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेका छन।

वारिपारी बिच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिक जसो दर्जनौं छोरी बुहारी वारिपारी गर्नुपर्ने बाध्यता रहेको छ। साना नाकाहरुबाट गाडी आउजाउ रोक लगाउँदा ३० किलोमीटर टाढा गौर हुँदै भारतीय क्षेत्रमा जानु पर्ने स्थानीयको वाध्यता बनेको छ।

तथापि जिल्लाका नेतृत्व बर्गले यो समस्या बारे आवाज उठाउन जरुरी रहेको छ।

कमेन्टहरु