मधेश प्रदेश

मधेश प्रदेशमा आज स्वाभिमान दिवस मनाउदै

जगत ठाडा मगर
२०८० माघ ३ | बिहान ०९:१० बजे

अशोक यादव
रौतहट । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेश सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको थियाे ।

कमेन्टहरु