२६ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा रौतहटमा जन चेतना मूलक कार्यक्रम


अशोक यादव
रौतहट, माघ २ । २६ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा राैतहटकाे गढीमाई नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बिच सम्पन्न भएका छन । सशस्त्र वेशक्याम्प गढीमाई नगरपालिका समनपुरको कार्यालय प्रमुख सन्तोष राज घिमिरेको संयोजकत्वमा आज जनचेतना सम्वन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन ।
उक्त कार्यक्रममा घिमिरे बाेल्दै भुकम्पबाट कसरी बच्ने र भुकम्प आउदा कसरी थाहा हुन्छ भने कार्यक्रममा सहभागीहरू लाई जानकारी गराएका थिए । जापानपछि नेपाल पनि धेरै भुकम्प जाने देशकाे सुचिमा रहेका छन । । भुकम्प आउदा खेरी हतारिएर घरबाट बाहिर भाग्नु पर्दैन । भुकम्प आयाे भन्ने थाहा पाए पछि खुलाचाैरमा गम्भीरता सगै जानुपर्छ । भुकम्प आउदा कुनै बिजुलीको पाेल तार नजिक जानु हुदैन ।
भुकम्पबाट काेही घाइते भएका छन भने तुरुन्त प्राथमिक उपचार गर्नु पर्छ र पछि अबस्था सामान्य भएमा नजिकैको स्वास्थ्य चाैकीमा पुर्याउनु पर्छ । आफुले नभ्याएकाे ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहारा लिनु पर्छ । साे कार्यक्रममा ३० जना सहभागी रहेका थियो ।























