मधेश प्रदेश

जिल्ला प्रशासन कर्यालय रौतहटद्वारा नेपाल सम्वत प्रयोग गर्न सबै स्थानीय तहलाई निर्देशन

जगत ठाडा मगर
२०८० माघ २ | बिहान ११:१० बजे

अशोक यादव
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाली सम्वत् उल्लेख गर्न जिल्लास्थित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनुसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत् लेख्न निर्देशन दिएको हो। 

२०८० माघ १ गते देखि ती निकायहरूले विक्रम सम्वत् लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृत मणि भूषण साहद्वारा हस्ताक्षर सूचनामा उल्लेख गरिएकाे छ ।

photo 2024 01 16 11 38 04

कमेन्टहरु