राैतहटकाे कटहरियास्थित श्री जनता माविको प्राङ्गणमा विज्ञान शिक्षक समाजकाे प्रथम भेला सम्पन्न


अशोक यादव
रौतहट, माघ १ । राैतहटकाे कटहरिया नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयकाे प्राङ्गणमा एक कार्यक्रमकाबिच विज्ञान शिक्षक समाजकाे प्रथम भेला सम्पन्न भएको छ । विज्ञान शिक्षक समाजकाे मधेस प्रदेशका अध्यक्ष प्रदिप कुमार गुप्ताकाे अध्यक्षतामा नगरपालिका स्तरीय भेला कार्यक्रम सम्पन्न भएको हो ।
गुप्ताकाे अध्यक्षतामा २५ सदस्यीय नगर कमिटि गठन भएको छ । गठित समितका अध्यक्षमा श्री जनता माध्यमिक विद्यालय कटहरियाका विज्ञान शिक्षक काैसलकिशोर कुशवाहा, उपाध्यक्ष माध्यमिक विद्यालय बगहिका शिक्षक प्रकाशचन्द्र साह, काेषाध्यक्षमा माध्यमिक विद्यालय जमुनियाका शिक्षक दिपेन्द्र प्रसाद महतो र सचिवमा माध्यमिक विद्यालय भषेडवाका शिक्षक देबिलाल प्रसाद साह चयन भएका छन् ।
कार्यक्रममा माध्यमिक विद्यालय बलिरामपुरका शिक्षक रामबाबु साह, सुजित प्रसाद पण्डित , पुर्व अवकास प्राप्त शिक्षक हरिशंकर प्रसाद साह लगायतका शिक्षकहरू उपस्थित रहेको श्री माध्यमिक विद्यालय जमुनियाका प्रधानाध्यापक याेगेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए ।























