मधेश प्रदेश, समाचार

कांग्रेस निकट नेपाल प्रेस यूनियनकाे प्रथम जिल्ला भेला सम्पन्न

नवलपुर टुडे
२०८० माघ १ | बिहान ०६:१० बजे

अशोक यादव

रौतहट । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन रौतहटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
शनिवार चन्द्रपुर नगरपालिका वडा नम्बर –६ स्थित जिपी उद्यान पार्कमा एक कार्यक्रमको आयोजना गरी नेपाल प्रेस युनियन रौतहटको प्रथम जिल्ला भेला सम्पन्न गरेको हो ।

सो भेलामा आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउन बिभिन्न एजेण्डाहरुको बिषयमा छलफल संगै युनियनका सम्पुर्ण सदस्यहरुलाई ट्रयाक सुट वितरण गरिएको नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीले जानकारी दिएका छन् ।

युनियनको जिल्ला भेलामा निवर्तमान अध्यक्ष यादवराज पुरीले आफ्नो स्व.पिता लाल बहादुर पुरिको नाममा रु.एक लाख एघार हजार एक सय एक रुपैया (१,११,१०१ ) को अक्षय कोष स्थापन गर्ने घोषण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

भेलामा नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य शिव पुरी,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सञ्जय कार्की, सस्थापक जिल्ला अध्यक्ष रत्न अधिकारी, प्रेस युनियन मधेस प्रदेश लेखा समिति सयोजक रञ्जन खरेल, वरिष्ठ पत्रकार प्रभात झा, नेपाल प्रेस युनियनका सचिव सागर हुमागाई लगायत युनियनका सदस्यहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु