मधेश प्रदेश

कटहरिया नगरपालिका प्रमुख जयसवालले चाेर बाटाेबाट सम्पन्न गराए नगर सभा

जगत ठाडा मगर
२०८० पुस २९ | मध्यान्ह ०७:०९ बजे

रौतहट । राैतहटकाे कटहरिया नगरपालिकामा बिभिन्न माग राखि करिब चार दिनदेखि नगरपालिकामा लगाईएकाे ताल्चा अझैसम्म खुल्न सकेकाे छैन ।

नगरपालिकाका उपमेयर रिदा देवी यादब लगायत केही वडाका असन्तुष्ट वडा अध्यक्ष र कार्यपालिका सदस्यले असन्तुष्ट हुदाहुदै, आज आईतबार कटहरिया नगरपालिकाकाे नगर प्रमुख अजय प्रकाश जयसवालले आफ्नो निजि घर मा ९ औं नगरअधिबेशन सम्पन्न गरेका छन ।

नगरप्रमुखले बिगतका दिनमा भ्रष्टाचारी गरेकाे अबस्था जस्तै यस बर्षमा जनताकाे मतलाई लट्याउदै नगरपालिकाकाे आफ्नो निजि भवन हुदाहुदै चाेर बाटाेबाट नगरसभा सम्पन्न गरेका हुन ।

उपमेयर लगायत असन्तुष्ट वडा अध्यक्षहरुले नगर प्रमुख जयसवालको कार्यशैलीले अब झन कडा आन्दोलन गर्ने एक जना जनप्रतिनिधिले बताएका छन ।

उपमेयर लगायत असन्टुष्ट जनप्रतिनिधिहरु धर्नामा बस्दै

photo 2024 01 14 19 09 15

कमेन्टहरु