बारामा झारफुकको बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ

जगत ठाडा मगर
२०८० पुस २९ | बिहान ०९:०९ बजे

बारा । बारामा झारफुक गर्ने बहानामा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले महागढीमाई नगरपालिका वार्ड नम्बर -२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बारामा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार बालिका मण्डककहाँ झारफुक गराउन आएको बेला उनले जबर्जस्तीकरणी गरेका थिए।
पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको न्यौपानेले बताए।























