राैतहटकाे कटहरिया ईलाका प्रहरी कार्यालयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न


अशोक यादव
रौतहट, पुस २८ । राैतहटकाे कटहरिया ईलाका प्रहरी कार्यालयमा आज सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कटहरिया नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय ७० बर्ष पुरानो हुँदा अझैसम्म आफ्नो ईलाकाको नाममा जग्गा नहुनु प्रहरीकाे तर्फबाट कमिकमजाेरी रहेको कुरा उठेको थियो । कटहरिया नगरपालिकामा दिन प्रतिदिन चाेरी निकासी बढ्नु कहिकतै प्रहरीकाे संलग्नता रहेको भन्ने समेत आम जनताले आवाज उठाएका छन् ।
कटहरिया नगरपालिकामा अझैसम्म सवारीसाधनकाे पार्किङ नहुनु प्रहरीकाे कमिकमजाेरी रहेको भन्ने गुनासोसमेत आएका छन् । साधारण झैझगडामा प्रहरीले सर्वसाधारणको कुरा नसुनी राजनीति दलका कुरा सुन्नु लगायतका जनगुनासाे आएको छ । कटहरिया नगरभरिमा लागू पदार्थको कारोबार दिन प्रतिदिन बढ्नुमा कसको जिम्मेवारी भन्ने प्रश्नसमेत उठेका छन् ।
प्रमुख अतिथी एवं प्रहरी महानिरीक्षक महेन्द्र कुमार श्रेष्ठले जिल्ला भरिका सबै पालिकाहरूमा सिसिटिभी जडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी कार्यालयका डिएसपी अनेमप्रकाश खनाल डिएसपी अलिजा गिरिले पनि आफ्नो मन्तव्य राखेका थिए । यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले जगादता उमा शंकर साहलाई दाेसाला ओढाई सम्मान समेत गरेका थिए ।

कार्यक्रमको अतिथिहरुमा कटहरिया नगरपालिकाकी उपमेयर रिता देवी यादव, कटहरिया नगरपालिकाकाे नेकपा माओवादी पार्टीको नगर अध्यक्ष तथा मेयर प्रत्यासी नसरूदिन असारी, नेकपा एमालेका नगर प्रत्यासी याेगेन्द्र साह, कटहरिया नगरपालिका भरिका वडा नं १ देखि ९ सम्मका सबै वडा अध्यक्षहरु रूपेश यादव, सर्फलाल गुप्ता, भुपेन्द्र महताे, समिस बिक्रम शाह, वडा अध्यक्ष प्रत्यासी सुखल यादव शिक्षक, महिला किसान लगायतका सर्वसाधारणको उपस्थिति रहेको थियो ।























