दुर्घटना, लुम्बिनी प्रदेश

राप्ती बस दुर्घटना अपडेट: घाइते २३ जनाको पहिचान खुल्यो (नामसहित)

जगत ठाडा मगर
२०८० पुस २८ | बिहान ०७:०९ बजे

रूपन्देही । राप्ती नदीमा शुक्रबार राती खसेको बसमा १२ जना मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन्।

यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगञ्जका १८ वर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन्।

यसैगरी भारतका २० वर्षीया छोथी सिलौटा गम्भिर घाइते भएकी छन्। काठमाडौंकी राधा पाण्डे पनि गम्भिर घाइते भई थप उपचारका लागि बुटवल ल्याइएको छ। उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे भने सामान्य घाइते भएकी छन् । सामान्य घाइते हुनेहरुमा बाँके बैधापुरका २१ वर्षीय शंकर थारु, ३० वर्षीय भारतीय नागरिक रावलकुमार अहिर, कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, जुम्लाका १९ वर्षीइ विशाल बोहोरा र बाँकेका २० वर्षीय निरञ्जन कोरी रहेका छन्। यस्तै बाँके नेपालगञ्जका २४ वर्षीय आशुतोस गौतमले गाडीबाट हामफालेर ज्यान बचाउन सफल भएका थिए।
 

कमेन्टहरु