घटना, मधेश प्रदेश

रौतहटमा अज्ञात व्यक्तिद्वारा सामान ढुवानी गर्ने रिक्सामा आगजनी

जगत ठाडा मगर
२०८० पुस २७ | मध्यान्ह ०७:०९ बजे

अशाेक यादब
रौतहट, पुस २७ । रौतहटको कटहरिया नगरपालिका – ५ मा एक ई रिक्सामा आगजनी भएको छ । स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई रिक्सामा बिहीबार राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

सोनारले काम सकेर रिक्सा आफ्नो घर अगाडी पार्किंङ गरि राखिएको थियो । आगोको मुस्लो देखेपछि सोनारले परिवारका सदस्य र छिमेकीसँगै मिलेर केही बेरमै आगोलाई नियन्त्रणमा लिएको थियो । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलागी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटनाबारे अनुसन्धान भईरहेको बताएका छन् । आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

कमेन्टहरु