तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीमा दुई लाख भन्दा बढी मुल्यको अबैध कपडा बरामद

नवलपुर टुडे
२०८० पुस २६ | मध्यान्ह ०२:०९ बजे

नवलपरासी, पुस २६ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. १ बड्की सुनरीबाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राती पौने ८ बजेतिर भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको अवस्थामा लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको कपडामा सुट १०० पिस, लेङ्गा ३ पिस, सल २ पिस, ब्लाउज ४ पिस, लुङ्गी ३७ पिस, लेडिज ज्याकेट ३ पिस र साडी ४ पिस रहेको नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार कपडाको अन्दाजी मूल्य रू. २ लाख ६ हजार ६ सय बराबर रहेको छ ।

बरामद गरेको कपडा ईलाका प्रहरी कार्यालय महेशपुरमा ल्याई राखेको र आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ । साथै थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

कमेन्टहरु