लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ बाख्रा मरे

जगत ठाडा मगर
२०८० पुस २५ | मध्यान्ह ०१:०९ बजे

बुटवल, पुस २५ । बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ मरेका छन् ।
गएराती विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा इकाईमा रहेका ६२ वटा बाख्रा मरेका हुन् ।
बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा आगलागी हुँदा खोरभित्र रहेका ८३ वटा बाख्रामध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ ।
२१ वटा बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।























