अपराध, मधेश प्रदेश

पर्सामा १६८ किलो गाँजासहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८० पुस २४ | मध्यान्ह ०५:०९ बजे

पर्सा । पर्सामा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। मंगलबार सशस्त्र प्रहरी बलले जगरनाथपुर गाउँपालिका-४ स्थित हरपुरबाट करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गाँजासहित पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका-४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्। वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्। उनीहरूबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल समेत बरामद भएको छ। आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ।

कमेन्टहरु