शिक्षा

छत्तीसा देवी माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सब सम्पन्न (तस्बिर सहित)

जगत ठाडा मगर
२०८० पुस २४ | बिहान ०९:०९ बजे
तस्बिर: विद्यालयका आधिकारिक पेजबाट

कावासोती, पुस २४ । पुर्वी नवलपरासीको बुलिङटार गाउँपालिका- १ थामबेसीस्थित रहेका श्री छत्तीसा देवी माध्यमिक विद्यालयको ५४ औं बार्षिक जन्मोत्सव तथा अबिभावक दिवस आइतबार बिद्यालयको प्राङ्गणमा भब्य र सभ्यरुपमा सम्पन्न भएको छ ।

विद्यालय स्थापना गरेको ५४ औं बार्षिक जन्मोत्सवको उपलक्ष्यमा विद्यालयले विभिन्न कार्यक्रम गर्दै, ५४ औं बार्षिक जन्मोत्सव मनाएको हो ।

विद्यालयको ५४ औं बार्षिक जन्मोत्सवमा नेपाली कांग्रेस नवलपुरका जिल्ला सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भुमी ब्यवस्था मन्त्रीसमेत रहेका माननीय महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता र बुलिङटार गाउँपालिकाका प्रमुख ई. दिपेन्द्र सुनारी मगरको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक सदस्य, पुर्व प्र.अ., पुर्व विद्यालय ब्यबस्थापन अध्यक्ष, सदस्य, पुर्व शि.अ.स.अध्यक्ष, चन्दादाता, अक्षयकोषदाता, शिक्षाप्रेमी, जग्गादाता, बर्ष शिक्षक, बर्ष अभिभावक, उत्कृष्ट बिद्यार्थी, उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिकलाई सम्मानसमेत गरेका थिए ।

विद्यालयले सहयोगी सम्मानित ब्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुशीको महसुस र कार्यक्रमलाई सफल र भब्य बनाउन सहयोग गर्नु हुने सम्पुर्ण शिक्षक, विद्यालय ब्यबस्थापन सदस्य र शि.अ.स. प्रतिनिधि, अभिभाबक, बिद्यार्थी एवं शुभेच्छुक प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

कार्यक्रम विद्यालयका कुशल शिक्षक लोक प्रसाद रामदामले संचालन गरेका थिए ।

तस्बिर: विद्यालयका आधिकारिक पेजबाट

photo 2024 01 09 09 44 46 photo 2024 01 09 09 44 43 photo 2024 01 09 09 44 40 photo 2024 01 09 09 44 34 photo 2024 01 09 09 44 31 photo 2024 01 09 09 44 24 photo 2024 01 09 09 44 20 photo 2024 01 09 09 44 08 photo 2024 01 09 09 44 03 photo 2024 01 09 09 43 52 photo 2024 01 09 09 43 48 photo 2024 01 09 09 43 45

कमेन्टहरु