जिप्रका नवलपरासी (ब.सु.प.) द्वारा जाडोयाममा चिसोबाट बच्न सर्वसाधारणमा अनुरोध


नवलपरासी, पुस २३ । देशैभर चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जिल्लाबासी सर्वसाधारणमा जाडोयाममा चिसो, शीतलहरबाट बच्न अनुरोध गरेका छन ।
देशभर चिसो बढेसंगै गत हप्तादेखी पश्चिम नवलपरासीमा बाक्लो हुस्सुसंगै शीतलहर चलेकोले जिल्लाबासी सर्वसाधारणलाई जाडोयाममा चिसोबाट बच्ने अनुरोध गरेको हो ।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाद्वारा हस्ताक्षर सुचनामा जाडोयाममा चिसोको जोखिमबाट बच्न १० बुँढे उपायहरुसमेत अपनाउन सर्बसाधारणलाई अनुरोध गरेको छ ।
जाडोयाममा चिसोको जोखिमबाट बच्ने उपायहरु
१) शरीर ढाँक्ने गरी बाक्लो तथा न्यानो कपडा लगाउने ।
२) रातको समयमा न्यानो सिरक, कम्बल प्रयोग गर्नेर घरभित्र राती सुत्दा शरीर पुरै ढाँक्ने, कोठामा पर्याप्त हावा ओहोर दोहोर हुने ब्यबस्था मिलाउने ।
३) बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट जोगाउने, आमाको दूध खाने बच्चाहरुलाई नियमित रुपमा स्तनपान गराउने ।
४) चिसोको समयमा शरीरलाई चाहिने आबश्यक पोषिलो खाने कुरा र पर्याप्त मात्रामा तातो पानी पिउने ।
५) सुत्ने कोठामा आगो, मकल, कोइला बाली झ्याल ढोका बन्द गरेर नसुत्ने, जसले गर्दा श्वास फेर्न नसकी निसास्सिएर मृत्युसमेत हुन सक्छ । बिद्युतीय उपकरणहरुको प्रयोग गर्दा सावाधानी अपनाउने ।
६) आफ्नो सुत्ने कोठामा सकभर आगो नबाल्ने, छिटो आगो सल्किने लुगा लगाएर आगोको वरिपरि नबस्ने, आगो बालेको ठाउँमा बच्चाहरुलाई एक्लै नछोड्ने ।
७) दमको बिरामीलाई चिसोले छिटो असर गर्ने हुदा सावधानी अपनाउने, जाडो महिनामा रुघाखोकी, निमोनिया जस्ता रोगहरु बढी मात्रामा देखिने हुनाले चिसोबाट बच्ने, स्वास्थ सम्बन्धी कुनै समस्या देखा परेमा, ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, छाती घ्यार घ्यार भएमा वा सास फेर्न कठिनाई भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।
८) चिरोको कारण घर पालुवा जनावर, पशुपंक्षी बिरामी भएमा नजिकैको पशु चिकित्सालयमा तुरुन्तै सम्पर्क गरी औषधी उपचार गराउने ।
९) हिमपात वा हुस्सु कुहिरोका कारण सडक दुर्घटना हुन सक्ने हुदाँ सावधानी अपनाउने ।
१०) कुनै समस्या भएमा आ-आफ्नो वडा कार्यालय, स्वास्थ्य संस्था वा नजिकको प्रहरी इकाईमा खबर गर्ने ।
























