देश

ऐतिहासिक किराँती पुर्खाहरु छुटिएको स्थल: खुवालुङ

जगत ठाडा मगर
२०७८ जेष्ठ २२ | बिहान ०८:०२ बजे

धार्मिक तथा सास्कृतिक: किराती मुन्दुम /सस्कार सस्कृतिहरुमा अनिवार्य उल्लेख हुने ।

अबस्थित: त्रिबेणीघाट (दुधकोशी, अरुण्, तमोरको सङ्गम स्थल) भोजपुर, उदयपुर्, धनकुटा र सुनसरीको सिमाना ।

शाब्दिक अर्थमा: किराती भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुङा ।

शब्द निर्माण: खुवा + लुङ = खुवालुङ, पानीढुङा भन्ने बुझिन्छ ।

ऐतिहासिक पृष्ठभुमि:-
समाज बिज्ञानलाई हेर्दा मानव जातिको बिकास र इतिहास नदीनाला, खोलाहरुको किनारहरुबाट भएको देखिन्छ । किराती सभ्यताको बिकास हुने क्रममा ऐतिहासिक स्थल खुवालुङ क्षेत्र पनि एक हो । यस क्षेत्रको बराहक्षेत्र, कोकाहा खोला, चतराघाट, आदी किराँती सामरिक महत्वको स्थल हो र राजनितिक महत्त्वको ऐतिहासिक तथा पुरातात्विक मैनामैनी गढी हुन । सप्तकोशी किनारका यो क्षेत्रमा किरातीहरुले लामो समय सम्म राजकिय सत्ताको अभ्यास र बिकास गरेका थिए, त्यसको केन्द्र भनेको वर्तमानको बेलकागढी हो । लामो समय सप्तकोशी किनारमा स्थापित गरेको शासनको यो केन्द्रसँग साँस्कृतिक हिसाबले सम्बन्धित छ । अहिले पनि पुरातात्विक भग्नावशेष पाउन सकिन्छ भने मैना राजा मैना रानी भन्ने चर्चित गित अहिले नि सुन्न सकिन्छ ।

त्यसैगरी बराहक्षेत्र पनि किराँतीहरुले स्थापना गरेको प्रागऐतिहासिक स्थल हो, यो क्षेत्रको स्थापना किराँतहरुले गरेका हुन तर पछिल्लो समयमा हिन्दूकृत भएको प्रमाणहरु पाइन्छ । आठपहरिया राईहरुले अहिले पनि जहाँ /जसरी मृत्यु भए पनि सँस्कार गर्दै आएका छ्न ।

मानव बिकासको सभ्यता आदिम पुर्खाहरु मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किरात्) माइला र रिब्लबुङ (थारु) कान्छा तीन दाजुभाइहरु थिए । जब उनिहरु खुवालुङ आए त्यो धोका बन्द थियो, जेठा मुकुबुङ्ले केकी (जुरेरी) चराको भोग दिएपछि ढोका खुल्यो र पार गरे तर माइला भाई हर्कबुङले भने पार गर्न सकेन अनि दाईलाई सोध्दा रगत पार्नु अनि तर्नु सकिन्छ भनेपछि हर्कबुङ्ले आफ्नो साथमा भएको चेलीको खुटाको कान्छी औंला मागेर काटी रगत दियो र पार गर्यो ।

तर चेलीको रगत रोकिएन बाटोमा जादै गर्दा चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो तुरुन्त चेलीको मृत्यु भयो त्यसैले राईहरु बाख्रा कुलपित्रमा चलाउदैनन् र मासु खानु नहुने जनविस्वास गर्दछन् ।
समयको कालन्तरमा कान्छा रिब्लबुङ त्यहाँ पुग्दा पार गर्नु सकेन, दाईहरु कता गयो भन्ने कुरा पनि पत्ता लगाउनु सकेन किनकी दाईहरुले केरा बोट काट्दै सङ्केतको रुपमा छोड्ने गर्थ्यो तर त्यहाँ पुग्दा केरा पुरा उम्रि सकेको थियो उनि त्यसपछि तराईतिर नै बसोबस गरे । जेठा मुकुबुङको सन्तान लेक हुँदै हिमाली भेगसम्म पुगे र हिमाल काट्न नसकेर हिमाल आसपस नै बसोबास गरे । माईला हर्कबुङको सन्तानहरु कोही सुनकोशीको किनारमा आसपासमा बसोबास गरे उनिहरु सुनुवार भए । कोही दुधकोशी पछाउदै सोलुखम्बुको आसपासमा बसोबास गरे कालान्तरमा कुलुङ्, चाम्लिङ, थुलुङ्, बाहिङ्, खालिङ, वाम्बुले, वान्तावा, दुङमाली, साम्पाङ, दुमी, नाछिरिङ भए । कोही अरुण नदी पछाउदै सङ्खुवासभा, क्षेत्रमा बसोबास गरे कालान्तरमा उनीहरु याक्खा, मेवाहाङ्, याम्फु, लोहोरुङ राई भाषिक समुदायमा भए, कोही तमोर नदी पछाउदै त्यस्को आसपासमा बसोबास गर्नु थाले उनीहरु लिम्बु, आठपहरिया, छिलिङ्, छिन्ताङ्, मुगाली आदी राई भाषिक समुदाय भए भन्ने इतिहासहरुको दस्ताबेजमा उल्लेख छ ।

उक्त खुवालुङ हाम्रो मुन्दुमी नाक्छोङ, धामी, माङपाहरुले आफ्नो धार्मीक कार्य गर्दा खुवालुङमा आएर शक्ति आर्जन गरि आफ्नो कार्य सिद्दी गर्ने हुदा यो ढुङगा हामी किरातीहरुको मुन्दुमी शक्ति केन्द्रको रुपमा लिने गरिन्छ ।

यो ठाउँ अति प्राचिन र ऐतिहासिक भएकाले किरात राईहरुले यसलाई आफ्नो साँस्कृतिक प्रतिको रुपमा अपनत्व ग्रहण गरेको छ तर त्यसको उचित संरक्षण हुन नसकेको अवस्था छ ।

पछिल्लो अवस्थामा बिकासको नाममा यसलाई फुटाउने नष्ट गर्ने राज्यको निती छ । राज्यले यसलाई फुटाउन बजेट बिनियोजन गरिसकेको अवस्थामा किराँतहरुले यसलाई कसरी हेर्नु हुन्छ प्रतिकृया दिनुहोला ।

कमेन्टहरु