अपराध, मधेश प्रदेश

गढिमाई नगरपालिकाकाे एक वडा कार्यालयमा चाेरी

जगत ठाडा मगर
२०८० पुस २२ | मध्यान्ह ०७:०९ बजे

असोक कुमार यादव
रौतहट, पुस २२ । राैतहटकाे गढिमाई नगरपालिका वडा नं ८ बरीयापुरको वडा कार्यालयमा शनिबार राति ढाेका तोडेर चाेरि भएकाे छ । 

वडा कार्यालयमा रहेका एक थान कम्पयुटर, एक थान डेस्कटप, एक थान क्यामरा, एक थान हिटर, एक थान थर्मस लगायतका कार्यालयमा रहेका कागजातहरू चोरी भएको हो ।

उक्त वडा कार्यालय प्रहरी कार्यालयबाट करिब २०० सय मिटरकाे दक्षिण दुरीमा रहेको छ । बढ्दो चिसाेकाे कारण जिल्लाको अधिकांश वडा कार्यालयमा ताल्चा ताेडि चाेरी भईरहेको पाइएको छ ।

जिल्लाकाे फितलो प्रहरी प्रशासनकाे गस्तीका कारण अधिकांश नगरका वडा कार्यालयकाे ताल्चा ताेड्न चाेरहरू सक्रिय भएको वडा कार्यालयका वडा सचिव जिनिलाल साहले बताए ।

कमेन्टहरु