कपिलवस्तु कृष्णनगरबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद

नवलपुर टुडे
२०८० पुस २१ | मध्यान्ह ०५:०९ बजे

कृष्णनगर, पुष २१ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका- १ कुकुरभुकवाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरद्वारा लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठ्ठार हजार चार सय चालिस रुपियाँ बराबरको भन्सार छलिको अबैध कपडा नियन्त्रणमा लिईएको हो ।
सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको स्थानीयले बताएका छन्।























