लुम्बिनी प्रदेश

पूर्वराजा शाहले गरे बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

जगत ठाडा मगर
२०८० पुस २१ | मध्यान्ह ०३:०९ बजे

बुटवल, पुस २१ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन् । पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन् ।

सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए ।

पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजा शाहलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । यसअघि कपिलवस्तु र नवलपरासीमा पुगेर उनले अभिनन्दन ग्रहण गरिसकेका छन् ।

कमेन्टहरु