एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट गर्यो ६ जनाको नाम सिफारिस

जगत ठाडा मगर
२०८० पुस २० | मध्यान्ह ०१:०९ बजे

बुटवल, पुस २० । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले लुम्बिनी प्रदेशबाट ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ, बर्दियाका कृष्ण कुमारी गुरुङ, बाँकेका एकमाया विक, बाँकेकै तुलसी के सी र कपिलवस्तुका शारदा शर्मालाई सिफारिस गरेको हो ।
प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले ६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताए । ती मध्येबाट २ जनालाई केन्द्रीय कमिटीले टिकट दिने छ । अन्य दलहरूले प्रदेशबाट सिफारिस यसअघि नै गरे पनि एमालेले अन्तिम समयमा गरेको हो ।
राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ ।























