प्रहरी निरीक्षक र सहायक निरीक्षकसहित सशस्त्र प्रहरीमा २८८ पदका लागि दर्खास्त आह्वान (सूचनासहित)

जगत ठाडा मगर
२०८० पुस २० | बिहान ०७:०९ बजे

काठमाडौं, पुस २० । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूका लागि आवेदन माग गरेको छ ।
शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि आवेदन माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् । प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूमध्ये फागुन २ गतेभित्र र विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
























