अपराध, मधेश प्रदेश

सिरहामा भारतीयलाई नेपाली नागरिकता, गृह मन्त्रालयको आदेश कार्यान्वयन कहिले?

नवलपुर टुडे
२०८० पुस १९ | मध्यान्ह ०६:०९ बजे

सिरहा । सिरहाको साबिक गाउँ बिकास समिती मोहनपुर- ४ स्थायी ठेगाना नेपाली नागरिकतामा नाम उल्लेख लक्षमण शाहको छोरा वलीराम साह र पता: ९३, महुलिया, महुलिया, लदनिया, कुमरखत मधुवनी बिहार बस्ने जीव नारायण साह एउटै ब्यक्ति रहेको प्रमाण फेला परेको छ।

निज साहको दुबै तर्फको नागरिकतामा बुवाको नाम लक्ष्मण साह एउटै र आमाको नाम भारतीय प्रमाणमा गौरी देवी र नेपाल तर्फ गौरा देवी साह लगायत छ जना परिवारले झुठो विवरण बुझाइ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएको प्रमाण फेला परेको हो ।

अझ वलिराम सम्बन्धमा थप बुझ्दै जादा निजको पत्नीको पनि दुबै तिरको नाम सेलरी देवी साह रहेको देखिन्छ भने छोरा रण बहादुर साहको भारतीय प्रमाण खुल्न सकेको छैन । यता वलिराम साहको भाईहरु शिव कुमार साह र शंकर साह हालसम्म भारतमै बस्दै आइरहेको बुझिएको छ।

२०८० पुस १२ गतेको मन्त्रीपरिषद बैठकको निर्णयहरुको बुदा न. ३ अनुसार, गृहमन्त्रालय, झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त गरेका छ जनाको नेपाली नागरिकताका प्रमाणहरु रद्द गरी निजहरुलाई नेपाली नागरिकताबाट हटाउने निर्णय हालसम्म किन कार्यान्वयन हुन सकेन चिन्ताको बिषय बनेको छ ।

अझ यस सम्बन्धमा बुझ्दै जादा वलीराम उर्फ शिव नारायण साह ब्यापारको शिलशिलमा नेपाल बस्दै भिन्न सेटिङमा नागरिकता प्राप्त गरी बिभिन्न बैंकहरुबाट कर्जासमेत लिएको बुझिएको छ। यस घटना सम्बन्धि गहिरो छानबिन हुन सम्बन्धित निकायको ध्यानाकर्षण होस।

Open photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photo

कमेन्टहरु