लुम्बिनी प्रदेश

कपिलवस्तुमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम

जगत ठाडा मगर
२०८० पुस १९ | मध्यान्ह ०४:०९ बजे

लालु चौधरी

कपिलवस्तु, पुस १९ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बसपार्कमा सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा करिब १०० वटा सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसिनुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनको सोही स्थानमा नम्बर प्लेट समेत लेख्ने ब्यवस्था मिलाईएको थियो ।

कार्यक्रममा कपिलवस्तुको कृष्णानगर नगरपालिकाका ट्राफिक.स.ई. प्रबनानि अशोक कुमार खड्का लगायत ट्राफिक टिमले साइकल, सवारी दुर्घटना तथा ट्राफिक सचेतनाबारे जानकारी गराएको थियो ।

कमेन्टहरु