लुम्बिनी प्रदेश

बुटवल उद्योग वाणिज्य संघमा वस्तुगततर्फ इलेक्ट्रोनिक्स समिति गठन

जगत ठाडा मगर
२०८० पुस १८ | मध्यान्ह ०५:०९ बजे

बुटवल, पुस १८ । बुटवल उद्योग वाणिज्य संघमा वस्तुगततर्फ इलेक्ट्रोनिक्स समिति गठन भएको छ ।

संघका समन्वयकर्ता दिप आचार्यको अध्यक्षता तथा संघका अध्यक्ष हरि अर्यालको प्रमुख आतिथ्यतामा समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।

नयाँ कार्य समितिको सभापतिमा सुशिल प्रसाद श्रेष्ठ, उपसभापतिमा नारायण रायमाझी, सचीवमा सौभाग्य सिमानगैडा, कोषाध्यक्षमा राजा श्रेष्ठ तथा सल्लाहकारमा टेक प्रसाद श्रेष्ठ र महेन्द्र प्रसाद श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिराट जोशी, तिलकप्रसाद ढोजु, निरज श्रेष्ठ, भरत प्रसाद श्रेष्ठ, भुपराज न्यौपाने, गंगा पौडेल र शिशिर पौडेल रहेका छन् ।

कमेन्टहरु