विश्व

३७९ जना सवार जापान एयरलाइन्सको विमानमा आगलागी

जगत ठाडा मगर
२०८० पुस १७ | मध्यान्ह ०५:०९ बजे

टोकियो, पुस १७ । जापानको टोकीयोस्थित हानेडा विमानस्थलमा जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

विमानस्थलमा जापान एयरलाइन्सको फ्लाइट अवतरण लगत्तै जापानकै कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो ।

जापान एयरलाइन्सको फ्लाइट ५१६ मा ८ बालबालिकासहित ३६७ यात्रु र १२ जना चालक दलका सदस्यसहित ३७९ जना सवार थिए ।

यद्यपि उक्त घटनामा सबैजना यात्रु सकुशल रहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

कमेन्टहरु