अपराध

कटहरीया नगरपलिकाको एउटा वडा कार्यालयमा चोरी

दिपेश कुमार शाह
२०८० पुस १७ | मध्यान्ह १२:०९ बजे

रौतहट । कटहरीया नगरपालिकाको ९ नम्बर वडा कार्यालयमा चोरी भएको छ । सोमबार बिहान कार्यालय पुग्दा चोरी भएको थाहा भएको वडाध्यक्ष रुपेश यादवले पत्रकार दिपेश कुमार शाहलाई जानकारी दिए ।

वडा कार्यालयमा १ थान प्रिनटर, १ थान कम्प्युटर, हिटर २ थान र कार्यालयका अन्य महत्वपूर्ण सामाग्री चोरी भएको वडाध्यक्ष यादवले बताए ।

‘सोमबारको कार्यालय समय बन्द गरेर गएपछि सकधैं छिमेकी देशको नयाँ बर्ष मनाउनको लागि कर्मचारी, वडा अध्यक्षसहित घर गएको थियो । मंगलबार अफिस खोल्दा चोरी भएको थाह भयो ।’

photo 2024 01 02 12 38 37

जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीबारे अनुसन्धान भइरहेको बताएको छ । प्रहरीहरुको लापरवाहीले गर्दा दिनप्रति दिन रौतहटमा चोरी बढदै आइरहेको स्थानीयहरुले गुनासो गरेका छन ।

कमेन्टहरु