मोहन वैद्य चार दिनेखि अस्पतालमा

जगत ठाडा मगर
२०८० पुस १७ | बिहान ०८:०९ बजे

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।
दमका रोगी वैद्यको छातीमा सङ्क्रमण देखिए पछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत शनिवार भर्ना भएका हुन्। उनको उपचारमा संलग्न वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बमका अनुसार वैद्यको स्वास्थ्यमा सामान्य सुधार आएको छ।
उनले लामो समयदेखि दमका रोगी रहेका वैद्यको हाल अक्सिजन सपोर्टमा उपचार भइरहेको बताए। उनले भने, ‘हाल उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। अक्सिजन सपोर्टमा हुनुहुन्छ।’


















