समाचार

कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

नवलपुर टुडे
२०८० पुस १५ | बिहान ०६:०९ बजे

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्।

खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका हुन। पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए। पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए ।

photo 2023 12 31 06 34 28

कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लगाएका थिए। शिवराज नगरपालिकाला मेयर अजय थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए।

शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

कमेन्टहरु