पर्वतको बिहादी गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न

नवलपुर टुडे
२०८० पुस १४ | मध्यान्ह ०६:०९ बजे

अमृत भट्टराई
बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिकामा एक दिने नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ विहादी गाउँपालिकाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ३७७ जनाले निःशुल्क प्राविधिक तथा उपचार सेवा लिएका थिए जसमध्ये महिला २०८ र पुरुष १६९ जना रहेका थिए २२० जना दृष्टि कमजोर भएका बिमारीलाईअ निःशुल्क चश्मा, औषधि दिएको थियो ।
पालिका उपाध्यक्ष मिना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिहादी गाउँपालिकाका ६ वटा वडाका वडा अध्यक्ष, सदस्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नुभएको थियो भने कार्यक्रम वहाकीठाँटी स्वास्थ्य चौकीमा भएको थियो ।























