मधेस प्रदेशमा नमूना बन्दै जय माँ हजारी इङलिस बोर्डिङ स्कुल


महेश सिंह
सिरहा लहान, पौष १२ । बिगत १५ बर्ष अगाडी सिरहाको नवराजपुर गाउँपालिका- ४ स्थित संचालनमा आएको जय माँ हजारी इङलिस बोर्डिङले मधेस प्रदेशकै नमुना बिद्यालयको रूपमा चिनिएका छन् । निजि अवासीय बिद्यालय मध्येको एक चर्चित बिद्यालयको रूपमा चिनिएका हुन्।
स्थानीय वरिष्ठ समाजसेवी श्रीवदेव साहले शिक्षामा रुपान्तरण र परम्परा मौलिकता संस्कारलाई जोगाउन शिक्षा संगै धर्म संस्कृतिमा जोड दिएको छ । बिग्रिदै गरेको नेपाली समाजलाई संस्कारी शिक्षालाई जोगाउन समाजिक चिन्तनमा रहेका साहले गुणस्तरीय शिक्षा प्रदान गर्न अनुभवी शिक्षकले अध्यापन गराउने गरेको हो। अरु निजि बिद्यालय भन्दा फरक शैलीमा विद्यार्थी अध्ययन गराउने गरेको स्थानीय अभिभावक सतिस यादवले जनाए।
सिरहाको नवराजपुर गाउँपालिका नहरनियाँ गाउँमा जन्मिएका साह खस्किदो शिक्षा स्तरलाई निहाल्दा समाजिक चिन्तनमा दिन चरिया बिताउने गर्थे। उनी शिक्षा सुधारको लागि निजि बिद्यालय संचालनमा ल्याएर पछिल्लो समय करिब ६ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी एकासी चर्चामा आएका उनले विद्यार्थीलाई शिक्षा संगै अतिरिक्त क्रियाकलापमा जोड दिदै मधेस प्रदेशमै पहिलो पल्ट एक औपचारिक बृहत कार्यक्रमको आयोजना गरी नेपाल भारतको चर्चित रेडियोकर्मी तथा संगितकार गायक कबि रेडियो कान्तिपुरको कार्यक्रम प्रस्तोता धिरेन्द्र प्रेमशी, रुपा झा, मिथिलाको चर्चित गायक तेजु मैथिल मैथिली भाषा अभियन्ता नारायण मधुशालाद्वारा संगितालय शिक्षाको सुरु गरेका थिए।
रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता धिरेन्द्र प्रेमशी रुपा झाद्वारा संगित अध्ययनको लागी अडिशन छनोट प्रक्रिया गरेका थिए । कक्षा संचालनका लागी करिब दुई दर्जन भन्दा बढी विद्यार्थी छ्नोट गरिएका छन्।
नवराजपुर गाउँपालिकाको अध्यक्ष शिव उदगार यादवले रिवन र पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको उद्वघाटन गरेको शिक्षक गुलिचन्द्र यादवले जनाए । प्रमुख अतिथि यादवले रामायण र गिताको उदाहरण दिदै ३ प्रकारको तत्वलाई कसैले रोक्न नसक्ने चर्चा गर्दै कर्णधार बिद्यार्थीहरुलाई सुनौलो भबिश्यको शुभकामना दिएका थिए।
धिरेन्द्र प्रेमशी र रुपा झाले सुमधुर गित संगितको प्रस्तुति दिदै दर्शक विद्यार्थी र अभिभावकहरुलाई प्रफुलित गरेका थिए। सुर साधनाको प्रखर गायक तेजु मैथिले निरन्तर रूपमा विद्यार्थीहरुलाई संगित सिकाउने बाचा गरेको जनाए । आउने दिनमा हरेक क्रियाकलापमा जय माँ हजारी इङलिस बोर्डिङ स्कुलले उच्च स्थान ल्याउने संचालक शिवदेब साहले दाबी गरेका छन् । स्कुलमा करिब ५ पाँच सय विद्यार्थी अध्ययनरत रहेको प्रीन्सिपल लक्ष्मण यादवले जानकारी दिनुभयो।
होस्टेल र स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई अर्गानिक खाना र जापानी केङ्गन वाटरकोसमेत सुबिधा प्रदान गरेको हो। स्वस्थ्यकर खानासहित महगो पनि खुवाउने गरेको देखिए। करिब ६ लाख मुल्य बराबरको जापनिज पानी मेशिन स्कुलमा जडान गरेका छन्। संचालक साह पुर्ण रूपमा धार्मिक आस्थावान साजिक चिन्तक ब्यक्तिको रूपमा चिनिएका हुन।























