नक्कली प्रमाणपत्र दुरुपयोगको आराेपमा प्रहरी हिरासतमा पुगेका ख्रीष्टियन महासंघका अध्यक्ष रिहा


दिपेश श्रेष्ठ
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रकाे झुठो प्रकरणमा पक्राउ परेका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरि बहादुर गहतराज रिहा भएका छन् । स्नातकको नक्कली प्रमाणपत्र बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले गत मंसिर २५ गले मंगलबार गहतराजलाई पक्राउ गरेको थियाे ।
महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा २५ बर्ष अघि उद्धब प्रसाद चिमाेरिया तथा उनका साथिहरुकाे मिलेमताेमा गहतराजकाे नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी पत्रिका दर्ता गरेकाे प्रहरी संग बयानका क्रममा अध्यक्ष गहतराजले बताएका थिए।
संस्थागत विधान विपरीत काम गरेकाे भन्दै अध्यक्ष गहतराजले उद्धब प्रसाद चिमाेरिया, ज्ञानेन्द्रराज सापकाेटा लगायतलाई कारबाही गरेकाे भन्दै कार्यलयबाट संस्थाकाे लिखित दस्तावेज माइनुटसमेत चाेरी गरेर भागेका चिमाेरियाकाे समुहले महासंघ हत्याउन तथा स्वार्थका लागि २५ बर्ष अघि आफैले तयार गरेर गलत प्रयाेग गरेकाे स्नातकको नक्कली प्रमाणपत्र काण्ड खाेजेर झुठाे बबण्डर मच्चाउँदै अध्यक्ष गहतराजलाई दुख दिइएकाे सावित भएकाे छ।
अनुसन्धानका क्रममा संबन्धित निकायहरुबाट तथ्य प्रमाणहरु जुटाउँदा यथेष्ट प्रमाण नपुगेपछि अध्यक्ष गहतराजलाई रिहा गर्न आदेश भएकाे कानुनविद्ले जनाएका छन् ।























