घटना, लुम्बिनी प्रदेश

नवलपरासी बर्दघाट नगरपालिकाको भटौलियामा ट्रष्ट भत्किदा १० जना मजदुर घाईते (विबरण सहित)

नवलपुर टुडे
२०८० पुस ११ | मध्यान्ह ०८:०९ बजे

नवलपरासी, पुस ११ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- १२ भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किँदा १० जना मजदुर घाईते भएका छन् । कजरिया रमेश टायल्स् उद्योगको निर्माणाधिन ट्रष्ट भत्किँदा सोही उद्योगमा कार्यरत १० जना मजदुर घाइते भएका हुन् ।

घाईते हुनेमा बर्दघाट नगरपालिका- १२ भटौलिया बस्ने अन्दाजी बर्ष ३३ को कमलेश हरिजन, वीरगंज उपमहानगरपालिका बस्ने बर्ष २१ को अमरेन्द्र प्रसाद शाह, रौतहट भुतहवा बिजयपुर नगरपालिका- १ बस्ने बर्ष २२ को राजेश कुमार रजक, भारत मुजफरनगर छ्पहार बस्ने बर्ष १९ को मोहम्मद सहिक, भारत रक्सौल बस्ने बर्ष २२ को सिकन्दर भारती, भारत मुजफरनगर छपहार बस्ने बर्ष २३ को मोह्म्मद सादिक, सोही स्थान बस्ने बर्ष २० को आबेत त्यागी, सोही स्थान बस्ने बर्ष १८ को अतिर त्यागी, सोही स्थान बस्ने बर्ष २८ को मसरुप मोहम्मद र सोही स्थान बस्ने बर्ष १८ को अमन मोहम्मद रहेका छन् ।

घाईते मध्ये ९ जनाको अवस्था सामान्य रहेको र एक जनाको अवस्था गम्भीर रहेको नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । सामान्य घाइते भएका ९ जनाको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता उपचार भइरहेको छ भने गम्भीर घाइते भएका १८ वर्षीय अतिर त्यागीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । उनको दुबै खुट्टा, बायाँ हात र पेटमा भित्री चोट लागेको डीएसपी बोहराले जानकारी दिए ।

उद्योगमा मेसिनद्वारा फलामको पोल जोड्दै काम गर्ने क्रममा उक्त फलामको पोल अचानक ढल्न गइ जस्ता ठोक्नका लागि लगाइएको स्टिलहरु समेत खसेर उनीहरुलाई लागेको थियो । अहिले ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक भिम बहादुर कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थल गएर अनुसन्धान कार्य गरिरहेको डीएसपी बोहराले जानकारी दिए ।

घाईतेहरुको विबरण:

photo 2023 12 27 20 01 24

कमेन्टहरु