समाचार

महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बागलुङ आउँदै

जगत ठाडा मगर
२०८० पुस ११ | बिहान ०७:०९ बजे

बुटवल, पुस ११ । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउने भएका छन् । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि उनी बागलुङ आउन लागेका हुन् ।

महोत्सव उद्घाटनसँगै राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम छ । उनले शालिग्राम संग्राहलयको अवलोकन पनि गर्ने बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

पौडेल आजै काठमाडौँ फर्कनेछन् ।

कमेन्टहरु