पढाई त बस ज्ञानको लागि मात्र


रौतहट । पढाई त बस ज्ञानको लागि मात्र हो, जिन्दगी जिउन त परिस्थिति र भोगाईले सिकाउछ । बुढो मान्छे बिगतमा जिउने गर्छ, त्यसैले ऊ दुखी हुने गर्छ जवान मान्छे भविष्यमा जिउने गर्छ, त्यसैले ऊ तनावमा हुने गर्छ ।
तर, एउटा बच्चा सधै बर्तमानमा जिउने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ । मुल्य पानीको होइन तिर्खाको हुने गर्दछ, मुल्य मृत्युको होइन जीवनको हुने गर्दछ, प्रेम त सबैले गर्छन् । दुनियामा तर मुल्य प्रेमको होइन बिश्वासको हुने गर्दछ । रेसमा दौडिने घोडालाई त यो थाहा हुदैन कि जित के हो भनेर किनकि घोडा त बस उसको मालिकले दिएको दुखले गर्दा दौडिने गर्छ ।
त्यसैले जब जब तपाईलाई जीवनमा दुख आउछ तब तब यो सम्झिनु कि तपाई मालिकले तपाईंलाई जिताउन खोजिरहेको छ । जित कहिले पनि ठुलो हुदैन किनकि जित भन्दा जित्नेवाला ठुलो हुन्छ । माफी कहिले पनि ठुलो हुदैन किनकि माफी भन्दा माफ गर्ने वाला ठुलो हुन्छ । त्यस्तै सम्बन्ध कहिले पनि ठुलो हुदैन किनकि सम्बन्ध भन्दा सम्बन्ध निभाउने वाला ठुलो हुन्छ । सायद मान्छेहरु झुठ बोल्ने गर्छन् कि नशाले मान्छेको दुख भुलाई दिने गर्छ किनकि अक्सर मैले देख्ने गरेको छु कि नशा नगरेको मान्छे भन्दा नशा गरेको मान्छे बढी रोएको देख्छु ।
एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ । समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन । दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ ।
त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ । यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियाँमा खोट लगाउनेको कमी छैन । मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदलिन बिर्सन्छ ।
लेखक: नवलपुर टुडे डट्कमका रौतहट सम्बादाता हुनुहुन्छ ।























