समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

जगत ठाडा मगर
२०८० पुस ८ | मध्यान्ह १२:०९ बजे

काठमाडौं, पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।

गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो । यसपछि वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन् । गत १५ फागुनमा सर्वोच्च अदालतले चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

कमेन्टहरु