लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष एवं पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष श्रेष्ठको निधन

जगत ठाडा मगर
२०८० पुस ४ | मध्यान्ह ०३:०९ बजे

पाल्पा, पुस ४ । लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष एवं पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा श्रेष्ठको असामायिक निधन भएको जानकारी दिँदै उनको निधनले क्रिकेट परिवारलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । साथै खड्काले मृत आत्माको चिर शान्तिको कामना गर्दै साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
यसअघि स्वास्थ्यमा जटिल समस्या आएर पाल्पामा उपचार हुन नसकेपछि श्रेष्ठको काठमाडौंको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको थियो ।























