देश

सरकारलाई आईएमई फाउण्डेशनद्वारा तीन करोड मुल्यबराबरको स्वास्थ सामाग्री हस्तान्तरण

नवलपुर टुडे
२०७८ जेष्ठ १९ | बिहान ०९:०२ बजे

काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ लाई नियन्त्रण गर्नका लागि सरकारलाई आईएमई फाउण्डेशनले तीन करोडको स्वास्थ सामग्री प्रदान गरेको छ ।

आईएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र फाउण्डेशनका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

गण्डकी प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, र निजामती कर्मचारी अस्पताललाई ८० थान अक्सिजन कन्सन्ट्रेटर हरेकलाई २० थान जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेशन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको फाउण्डेशनले जनाएको छ ।

यस अघि वैदेशिक रोजगारीमा रहँदा ज्यान गुमाएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ५८ हजार रुपैयाँ राहत प्रदान गरिसकेको फाउण्डेशनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको जनाएको छ ।

कमेन्टहरु