उत्तरपश्चिम चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा ९५ जनाको मृत्यु

नवलपुर टुडे
२०८० पुस ३ | बिहान ०६:०९ बजे

काठमाडौं, पुस ३ । उत्तरपश्चिम चीनमा भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको जनाएको छ ।
उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । यस्तै भूकम्पमा परी २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।























