लुम्बिनी प्रदेश

पूर्वराजा शाह आगामी हप्ता भैरहवा आउने

जगत ठाडा मगर
२०८० पुस २ | मध्यान्ह १२:०९ बजे

काठमाडौँ, पुस २ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा आउने भएका छन् । पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा आउने भएका हुन् ।

शाहका संवाद सचिव डा. फणिराज पाठकले सोमबार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन् । 

पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन् । 

photo 2023 12 18 12 01 34

कमेन्टहरु