बागमती प्रदेश

तुइन खोलामा पहाड काट्न पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

नवलपुर टुडे
२०८० पुस १ | बिहान ०७:०९ बजे

चितवन, पुस १ । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न पुस ७ गतेदेखि तीन हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार बसेको सरोकारवालाहरुको बैंठकले उक्त निर्णय गर्दै पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको छ ।

गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।

त्यसका लागि भारतीय दूतावासमार्फत भारतबाट विष्फोटक पदार्थ ल्याउने तयारीसमेत गरिएको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ ।

कमेन्टहरु