सूचना / प्रबिधि

दूरसञ्चार प्राधिकरणले तीन ओटा सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गर्‍यो

जगत ठाडा मगर
२०८० मंसिर २८ | बिहान ०७:०८ बजे

काठमाडौं, मंसिर २८ । नेपाल दूरसञ्चार प्राधिकरणले तीन ओटा सेवा प्रदायक संस्थाको अनुमतिपत्र खारेज गरेको छ ।

प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।

अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले ती सेवा प्रदायकहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्राधिकरणले सूचनामा ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न भनिएको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।  

कमेन्टहरु