पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति

जगत ठाडा मगर
२०८० मंसिर २७ | मध्यान्ह ०५:०८ बजे

कास्की, मंसिर २७ । पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी भएको छ । विष्णु आचार्यले संचालन गरेको उक्त दोहोरी साँझमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।
आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट एसी ५ थान, मोबाइल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउन्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको मदिरा, ग्याँस गिजर १ थान, पङ्खा ४ थान लगायतका विभिन्न सरसामानहरू, नगद ५० हजार रुपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।























