गण्डकी प्रदेश, राजनीति

जनता समाजवादी पार्टीको नवलपुर जिल्ला समिति पुनर्गठन

नवलपुर टुडे
२०८० मंसिर २७ | मध्यान्ह ०१:०८ बजे

नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ । नवलपुरको कावासोतीमा मंगलबार आयोजित कार्यक्रमबाट जगतकाजी गुरुङको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा जसमती थापा, भुम राई मगर सचिव कुलबहादुर थापा सह सचिव रिमबहादुर दरै उपसचिव दलबहादुर कानु र कोषाध्यक्षमा नानीमाया महतो चयन भएका छन् ।  जसपाले पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समयावधि पुस मसान्तसम्म बढाएसँगै गठन र पुनर्गठन गर्न बाँकी रहेका समिति र संगठनको कार्यलाई निरन्तरता दिइएको हो । 

कमेन्टहरु